काठमाडौं, साउन १० — काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगु जिल्लाका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।

गम्भीर अवस्थामा उद्धार गरिएका नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (ICU) मा भेन्टिलेटरको सहायतामा चिकित्सकहरूको टोलीले उपचार गरिरहेको थियो।
वीर अस्पतालका चिकित्सकहरूका अनुसार उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण अंगमा गम्भीर क्षति पुगेको थियो। उपचारका सबै प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।
आत्मदाह प्रयास गर्नुको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Leave a Reply