भारतमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते डडेलधुराका रिदम मगरको हिजो उपचारकै क्रममा निधन

Written by

in

डडेलधुरा। डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका–२, किमाड (गाङ्खेत) निवासी ३० वर्षीय रिदम मगरको भारतमा भएको सवारी दुर्घटनापछि उपचारकै क्रममा हिजो निधन भएको छ।

प्राप्त जानकारीअनुसार असार २२ गते (जुलाई ६) रिदम मगर आफ्नी श्रीमती र छोरासहित भारतको हरियाणास्थित गुरुग्राम (गुडगाउँ)बाट नेपाल फर्किने क्रममा उनीहरू सवार कार दिल्ली नजिकको गाजियाबाद क्षेत्रमा बससँग ठोक्किएको थियो।

हार्दिक श्रु दान्जली

दुर्घटनामा रिदम मगर गम्भीर घाइते भएका थिए भने उनकी श्रीमती र छोरा पनि घाइते भएका थिए। तीनै जनालाई तत्काल गाजियाबादस्थित मणिपाल अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारपछि उनकी श्रीमती र छोरा स्वास्थ्य अवस्थामा सुधार भई होशमा फर्किएका छन्। तर रिदम मगरको अवस्था अत्यन्त गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार भइरहेको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद हिजो उपचारकै क्रममा उनको दुःखद निधन भएको हो।

रिदम मगर केही समयदेखि भारतको गुरुग्रामस्थित एक कम्पनीमा कार्यरत थिए। उनी आफ्नी श्रीमती र छोरासँगै भारतमै बस्दै आएका थिए। नेपाल फर्किने क्रममा भएको यो दुःखद दुर्घटनाले उनको जीवन असामयिक रूपमा अन्त्य भएको छ।

रिदम मगरको निधनले आलिताल गाउँपालिका–२ किमाड (गाङ्खेत) सहित सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ। स्थानीयवासी, आफन्त तथा शुभेच्छुकहरूले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

दिवंगत रिदम मगरप्रति भावपूर्ण श्रद्धाञ्जली। ॐ शान्ति।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *